गाजास्थित संयुक्त राष्ट्रसंघको कार्यालय परिसर भित्रै हमासको सुरुङ फेला परेको इजरायली सेनाको दाबी

राष्ट्रसंघले गर्‍यो आफ्ना १२ कर्मचारीलाई बर्खास्त
राहत तथा उद्धार निकायकै दुरुपयोग गरेको आरोप
माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
गाजास्थित संयुक्त राष्ट्रसंघको कार्यालय परिसर भित्रै हमासको सुरुङ फेला परेको इजरायली सेनाको दाबी

काठमाडौं । इजरायली सेनाले गाजास्थित संयुक्त राष्ट्रसंघको कार्यालय प्रांगणमा हमासको सुरुङ फेला पारेको जनाएको छ ।

इजरायली सेनाका अनुसार सुरुङ सात सय मिटर लामो र अठार मिटर गहिरो छ । सुरुङभित्रै फराकिला कार्यकक्ष पनि भेटिएको दाबी इजरायली सेनाको छ । एउटा ठूलो कोठामा कम्प्युटर सर्भर जडान गरिएको छ । 

यो सुरुङ भेटिनुबाट हमासले राष्ट्रसंघीय उद्धार निकायको दुरुपयोग गरेको पुष्टि भएको दाबी पनि इजरायलको छ । प्यालेस्टिनीहरुले भने इजरायलले राष्ट्रसंघको बदनाम मात्र गरेको जवाफ दिएका छन् ।

जर्मनी, बेलायत र अमेरिकासहित ९ मुलुकले प्यालेस्टाइनस्थित संयुक्त राष्ट्रसंघीय राहत तथा उद्धार निकायलाई हमासका लडाकुले दुरुपयोग गरेको इजरायली आरोपमा यसअघि नै अनुदान स्थगन गरेका थिए ।

राष्ट्रसंघले पनि आफ्ना बाह्र जना कर्मचारीलाई बर्खास्त गरेर अनुसन्धान गरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.