चिलीका पूर्वराष्ट्रपति सेबास्टियन पिनेराको हेलिकोप्टर दुर्घटनामा निधन

माघ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
चिलीका पूर्वराष्ट्रपति सेबास्टियन पिनेराको हेलिकोप्टर दुर्घटनामा निधन

काठमाडौं । चिलीका पूर्वराष्ट्रपति सेबास्टियन पिनेराको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।

७४ वर्षीय पिनेराले दुई कार्यकाल राष्ट्रपति पद सम्हालेका थिए । उनी अर्बपति व्यापारी हुन् ।

हेलिकोप्टर दुर्घटना दक्षिणी नगर लागो रान्को नजिकैको तालमा खस्दा तीनजना अन्य यात्रु भने बाँच्न सफल भए ।

पिनेराले आफ्नै हेलिकोप्टरमा गएको तर आफैंले चलाएको भने औपचारिक पुष्टि भएको छैन । पिनेराको निधनमा चिलीमा तीनदिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.