पुटिन अर्को कार्यकालका लागि पनि राष्ट्रपतिको चुनाव लड्ने

मंसिर २३, २०८० |कान्तिपुर टीभी संवाददाता
पुटिन अर्को कार्यकालका लागि पनि राष्ट्रपतिको चुनाव लड्ने

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्ष हुने राष्ट्रपतिको चुनाव लड्ने भएका छन् । 

पुटिनले आगामी वर्षमा आफू भाग लिने योजना प्रस्तुत गरेका छन् । पुटिन र रुसको विशेष सैन्य अपरेसनका सहभागीहरू बीचको अनौपचारिक वार्तालापको क्रममा पुटिन अर्को कार्यकालका लागि पनि राष्ट्रपतिको चुनाव लड्ने घोषणा गरिएको हो । 

बिहीबार रुसको संघ परिषद् अर्थात् संसद्को माथिल्लो सदनले मार्च १७, २०२४ मा अर्को राष्ट्रपति चुनाव गर्न सर्वसम्मतिले मतदान गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.