गाजामा मानवीय संघर्षविराम गर्ने प्रस्ताव सुरक्षा परिषद्‍मा असफल

मंसिर २३, २०८० |कान्तिपुर टीभी संवाददाता
गाजामा मानवीय संघर्षविराम गर्ने प्रस्ताव सुरक्षा परिषद्‍मा असफल

काठमाडौं । युद्धग्रस्त गाजामा मानवीय संघर्षविराम गर्न राष्ट्रसंघ सुरक्षा परिषद्मा राखिएको प्रस्ताव असफल भएको छ । अमेरिकाले भिटो अर्थात् विशेषाधिकार प्रयोग गरेपछि प्रस्ताव पारित हुन नसकेको हो । बेलायत भने मतदानमा अनुपस्थित रह्यो ।

यद्यपि प्रस्तावका पक्षमा १३ मुलुकले मत दिएका छन् । गाजामा मानवीय संघर्षविराम गर्ने प्रस्ताव पारित हुन नसकेपछि राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय मानवअधिकार निकायहरूले अमेरिकाको विरोध गरेका छन् । 

ह्युमन राइट्स वाचले यो निर्णयबाट अमेरिका युद्ध अपराधमा संलग्न हुने खतरा बढेको चेतावनी दिएको छ । सहायता निकाय अक्सफामले पनि यसले अमेरिकी मानव अधिकार विश्वसनीयतामै आँच पुगेको बताएको छ । 

राष्ट्रसंघका लागि इजरायली राजदूत गिलार्ड एर्दानले भने सुरक्षा परिषद्को प्रस्ताव रोकेर आफ्नो पक्षमा देखाएको ऐक्यबद्धताप्रति अमेरिकी राष्ट्रपति जो बाइडनलाई धन्यवाद दिएका छन् । बन्धकको मुक्ति र हमास ध्वस्त भएपछि मात्रै युद्धविराम सम्भव भएको उनको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.