दक्षिण अमेरिकी मुलुक भेनेजुएला र गयानाबीच तनाव उत्पन्न

मंसिर २२, २०८० |कान्तिपुर टीभी संवाददाता
दक्षिण अमेरिकी मुलुक भेनेजुएला र गयानाबीच तनाव उत्पन्न

काठमाडौं । दक्षिण अमेरिकी मुलुक भेनेजुएला र गणतन्त्र गयानाबीच तनाव उत्पन्न भएको छ । दक्षिण अमेरिकी देशहरूले भने दुवै देशलाई शान्ति कायम राख्न भनेका छन् । 

भनेजुयलाले गयानाको तेल खानी क्षेत्र एसेकिबोलाई कब्जा गर्ने पक्षमा जनमत सङ्ग्रह भएपछि दुई देशबीच तनाव बढेको हो । क्षेत्रीय समूह मार्कोसुरले एकपक्षीय कार्यले थप तनाव सृजना हुने भन्दै दुवै देशलाई विवादको शान्तिपूर्ण माध्यमद्वारा हल गर्न आग्रह गरेको छ ।  

भेनेजुएलाका राष्ट्रपति निकोलास माडुरोले एसेकिबोमा सार्वजनिक ग्यास उद्योगलाई तेल उत्खनन् गर्न निर्देशन दिएका छन् । ब्राजिलका राष्ट्रपति लुला इनासियो दा सिल्भाले गहिरो चिन्ता व्यक्त गर्दै द्वन्द्व नचाहेको र शान्ति प्रवर्धन हुनुपर्ने टिप्पणी गरेका छन् ।  ब्राजिलले पनि सीमा क्षेत्रमा सैनिक उपस्थिति बढाएको छ । अमेरिकाले गयानालाई समर्थन गरेको छ ।  

एसेकिबो क्षेत्रलाई भेनेजुएलाले उपनिवेश पूर्वको आफ्नो दाबी गरेको छ ।  सन् १८ सय ९९ मा अन्तर्राष्ट्रिय मध्यस्थताकर्ताले औपनिवेशिक बेलायत र हल्याण्ड नियन्त्रित क्षेत्र गयानालाई सुम्पने निर्णय गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.