सिओल । दक्षिण कोरियाले आज चीन र जापानका वरिष्ठ कूटनीतिज्ञसँग त्रिपक्षीय भेटघाट आयोजना गरेको छ ।
दक्षिण कोरिया र जापानले बेइजिङको चासोलाई सम्बोधन गर्ने लक्ष्यसहित यो भेटघाट आयोजना गरिएको हो । तीनै देशहरुले रक्षा र आर्थिक सुरक्षा लगायतमा सम्बन्ध सुदृढ गर्ने वाचा गर्दै आएका छन् । दक्षिण कोरिया र जापानले पनि द्विपक्षीय सम्बन्धमा सुधार गर्ने जोड दिएका छन् ।
सन् २०१९ मा समेत यस्तो बैठक आयोजना भएको थियो । तर सोल र टोकियोबीच जापानी साम्राज्यकालदेखिका कानुनी, कूटनीतिक र व्यापारिक विवादले गर्दा छलफलले गति लिन सकेको थिएन । गत अगस्तमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको त्रिपक्षीय शिखर बैठकमा पनि आपसी सहकार्यमा जोड दिइएको थियो ।