निजेरसँगको सैनिक सहयोग बन्द गर्ने फ्रान्सको घोषणा

आश्विन ८, २०८०
निजेरसँगको सैनिक सहयोग बन्द गर्ने फ्रान्सको घोषणा

पेरिस । फ्रान्सले यो वर्षको अन्त्यमा निजेरसँगको सैनिक सहयोग बन्द गर्ने घोषणा गरेको छ ।

आफ्ना राजदूत र १५ सय सेना फिर्ता लाने निर्णय फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले गरेका छन् । टीएफ वान र फ्रान्स टू टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा म्याक्रोंले लोकतान्त्रिक ढंगबाट निर्वाचित राष्ट्रपति बाझुमनै बैध नेता भएको बताए ।

फ्रान्सले आन्तरिक मामिलामा सम्झौता नगर्ने र सैनिक हुन्ताको बन्धक नबन्ने भन्दै उनले सहयोग बन्द गरेको बताएका हुन् ।