भारतको ओडिसामा बस दुर्घटना : ११ जनाको मृत्यु

असार ११, २०८० |कान्तिपुर टीभी संवाददाता
भारतको ओडिसामा बस दुर्घटना : ११ जनाको मृत्यु

काठमाडौं । भारतको ओडिसा राज्यस्थित गन्जम जिल्लामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा आठ यात्रु सिकिस्त घाइते भएका छन् । घाइतेलाई स्थानीय एमकेसीजी मेडिकल कलेजमा भर्ना गरिएको बीबीसीले जनाएको छ ।

गन्जमका जिल्लाअधिकारी दिव्या ज्योतिलाई उदृत गर्दै समाचार एजेन्सी एएनआईले घटनाको जाँच भइरहेको जनाएको छ ।

ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै उनले मृतकका परिवारलाई ३–३ लाख रुपैयाँ सहायता प्रदान गर्ने घोषणा गरेका छन् ।

ओडिसा राज्य सडक परिवहन निगमको बस र एक निजी बस आपसमा ठोक्किएर दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

निगमको बसमा सवार यात्रुलाई सामान्य चोट लागेको छ भने अधिकांश मृत्यु हुनेहरु निजी बसमा सवार यात्रु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement