ऋण सीमा सम्बन्धी विधेयक अमेरिकी दुवै संसदद्वारा पारित

जेष्ठ १९, २०८० |कान्तिपुर टीभी संवाददाता
ऋण सीमा सम्बन्धी विधेयक अमेरिकी दुवै संसदद्वारा पारित

काठमाडौं । ऋण सीमासम्बन्धी विधेयक अमेरिकी संसदको दुवै सदनबाट पारित भएको छ ।

ऋण सीमासम्बन्धी विधेयक अमेरिकी संसदको दुवै सदनबाट पारित भएको छ । माथिल्लो सदन सिनेटमा बिहीबार साँझ भएको मतदानमा विधेयकका पक्षमा ६३ र विपक्षमा ३६ मत परेको हो । विधेयक यसअघि तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभबाट पारित भइसकेको छ । अब यो विधेयक प्रमाणीकरणका लागि सोमबार राष्ट्रपति जो बाइडनसमक्ष पेस हुनेछ । त्यसपछि यसले कानुनी रुप लिनेछ ।

अर्थमन्त्रालयले सार्वजनिक ऋणलाई ३१ खर्ब डलरमा सीमित गर्ने विधेयक पारित गर्न ५ जुनसम्मको समयसीमा दिए पनि त्यसअगावै पारित गरिएको हो । यसले अमेरिकी अर्थतन्त्रमा राहत महसुस भएको टिप्पणी गरिएको छ । रिपब्लिकन पार्टीले सार्वजनिक खर्च कटौती गर्न जोड दिएको छ र आगामी १२ प्रकारका विधेयकमा डेमोक्रयाटिक पार्टीलाई शर्त तेर्स्याउने बताएको छ।

Enter Kantipur TV HD
Advertisement