भारतको जम्मूमा बस दुर्घटना हुँदा सात यात्रुको मृत्यु

जेष्ठ १६, २०८० |कान्तिपुर टीभी संवाददाता
भारतको जम्मूमा बस दुर्घटना हुँदा सात यात्रुको मृत्यु

काठमाडौं । भारतको जम्मूमा एक यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार अमृतसरबाट कटरातर्फ जाँदै गरेको बस झज्जर कोटली नजिकको पुलबाट खसेर दुर्घटना भएको हो।

उक्त दुर्घटनामा १६ जना घाइते भएका छन् । जसमा चार जनाको अवस्था चिन्ताजनक रहेको एएनआईले जनाएको छ । घाइतेहरुलाई सरकारी मेडिकल कलेज तथा अस्पतालमा भर्ना गरिएको छ ।

उक्त बसमा ७५ यात्रु सवार रहेको जम्मू प्रहरीले जानकारी दिएको छ । बसमा सवार अधिकांश यात्रु बिहारका रहेको जनाइएको छ ।  

Enter Kantipur TV HD
Advertisement