अमेरिकी गायिका टिना टर्नरको ८३ वर्षको उमेरमा निधन, विश्वभरबाट समवेदना प्रकट

जेष्ठ ११, २०८०
अमेरिकी गायिका टिना टर्नरको ८३ वर्षको उमेरमा निधन, विश्वभरबाट समवेदना प्रकट

वासिंटन । रक एन्ड रोल क्विन भनेर चिनिने अमेरिकी गायिका टिना टर्नरको ८३ वर्षको उमेरमा निधन भएको छ ।

सुप्रसिद्ध गायिका टर्नर हालका वर्षहरुमा विभिन्न रोगले ग्रसित थिइन् । उनी क्यान्सर र मिर्गौलासम्बन्धी रोगबाट ग्रसित रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

टिना टर्नरको सांगीतिक यात्रा ६० को दशकमा सुरु भएको थियो । यस अवधिमा टिनाले आठवटा ग्रामी अवार्ड जितेकी थिइन् । उनको नामलाई रक एन्ड रोल हल अफ फेममा पनि समाविष्ट गरिएको थियो ।