इजरायलमा नेतन्याहु सरकारको न्यायपालिका सुधार योजनाविरुद्ध प्रदर्शन

जेष्ठ ७, २०८०
इजरायलमा नेतन्याहु सरकारको न्यायपालिका सुधार योजनाविरुद्ध प्रदर्शन

जेरुसेलम । दशौं हजार इजरायलीले बेन्जामिन नेतन्याहु सरकारको न्यायपालिका सुधार योजनाविरुद्ध प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतलाई नियन्त्रणमा राख्ने प्रावधानबिरुद्ध २० सातादेखि विरोध भइरहेको छ । सरकारले नै सर्वोच्च अदालतको न्यायाधीशहरु नियुक्ति गर्ने, संसदले अदालती फैसलालाई उल्टाउने अधिकारलगायत विषय सुधार योजनामा छ । आलोचकले भने यसलाई लोकतान्त्रिक राज्यको नियन्त्रण तथा सन्तुलनको जग कमजोर बनाउने खेल भएको बताएका छन् ।