रुसले लगायो ५ सय अमेरिकीलाई प्रतिबन्ध

जेष्ठ ६, २०८० |कान्तिपुर टीभी संवाददाता
रुसले लगायो ५ सय अमेरिकीलाई प्रतिबन्ध

मस्को । जो बाइडन प्रशासनले आफ्नो मुलुकमाथि लगाएको प्रतिबन्धको जवाफमा रुसले पनि ५ सय अमेरिकीलाई प्रतिबन्ध लगाएको छ ।

रुसले पूर्वराष्ट्रपति बराक ओबामा, पूर्वराजदूत जोन हन्ट्सम्यान तथा टेलिभिजन प्रस्तोताहरू जिम्मी किम्मेल, स्टीफन कोल्बार्टलगायत छन् । रुसी विदेश मन्त्रालयद्वारा जारी प्रतिबन्धमा व्यक्तिगत रूपमा के आरोप लगाइएको हो भन्ने स्पष्ट उल्लेख छैन । तर, समग्रमा रुसविरुद्ध गलत अफवाह फैलाएको र युक्रेनलाई हतियार आपूर्ति गरेको आरोप लगाइएको छ । 

प्रतिबन्ध लाग्नेमा ४५ जना अमेरिकी तल्लो सदनका सांसद छन् । गत महिना रुसी विदेश मन्त्री सेर्गेई लाभरोभको राष्ट्रसंघ भ्रमणको समाचार संकलन गर्न चाहने रुसी पत्रकारलाई भिसा नदिएकोप्रति पनि रुसले आक्रोश व्यक्त गरेको छ । 

जापानको हिरोसिमामा भेला भएका जी सेभेन मुलुकका नेताहरूले रुसविरुद्धको प्रतिबन्धमा थप कडाइ गर्ने सहमति गरे लगत्तै रुसको यस्तो निर्णय सार्वजनिक भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement