पाकिस्तानको कराँचीमा भागदौड मच्चिँदा ११ जनाको मृत्यु

चैत्र १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानको कराँचीमा भागदौड मच्चिँदा ११ जनाको मृत्यु

कराँची । पाकिस्तानको दक्षिणी शहर कराँचीमा रमजानको अवसरमा खाद्यान्न बाँड्ने क्रममा भागदौड मच्चिँदा ११ जनाको मृत्यु भएको छ ।

मृतकहरु सबै महिला तथा बालबालिका रहेको कराँची प्रहरीले जनाएको छ । कराँचीस्थित एउटा कारखानाले उक्त खाद्यान्न बाँड्ने कार्यक्रम आयोजना गरेको थियो ।

कराँची प्रहरी अधिकारी मुगिस हास्मीकाअनुसार उक्त कारखानाले प्रहरीलाई आफ्नो कार्यक्रमको बारेमा पहिले नै जानकारी दिएको थिएन । एक प्रत्यक्षदर्शीका अनुसार उक्त कारखाना अगाडि शुक्रबार बिहानदेखि नै अत्याधिक संख्यामा भीड जम्मा भएको थियो । भीड बढ्दै जाँदा हजारौँको संख्यामा उपस्थित मानिसहरुबीच ठेलमठेल हुँदा ११ जनाको ज्यान गएको हो ।

योसँगै अघिल्लो हप्ताको बुधबार सुरु भएको रमजान यता पाकिस्तानका विभिन्न स्थानमा खाद्यान्न बाँड्ने क्रममा भएको भीडमा किचिएर २१ जनाको मृत्यु भएको छ ।

पाकिस्तानका परराष्ट्रमन्त्री बिलावल भुट्टो जरदारीले प्रहरी अधिकारीहरुलाई घटनाको कारण र विवरण बुझाउन आदेश दिएका छन् । पाकिस्तानको आर्थिक अवस्था अहिले इतिहासमै सबैभन्दा नाजुक अवस्थाबाट गुज्रिरेहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.