इजरायल सरकारले मानवअधिकार उल्लंघन गर्‍यो : ह्युमन राइटस् वाच

चैत्र १७, २०७९
इजरायल सरकारले मानवअधिकार उल्लंघन गर्‍यो : ह्युमन राइटस् वाच

काठमाडौं । ह्युमन राइट्स वाचकी नयाँ प्रमुख तिराना हसनले इजरायल सरकारले मानव अधिकार उल्लंघन गरेको टिप्पणी गरेकी छन् ।

कार्यकारी निदेर्शक हसनले हालै इजरायल सरकारले प्रस्ताव गरेको न्यायपालिका सुधार योजना विधेयक एउटा विपत्‌ जस्तै भएको टिप्पणी गरेकी हुन् । 

उनले अमेरिकाले यस विषयमा अनुगमन गरेर इजरायललाई आवश्यक दबाब दिन भनेकी छन् । उनले बेन्जामिन नेतन्याहू नेतृत्वको सरकार मानव अधिकारमैत्री नभएको आरोप लगाइन् ।