अस्ट्रेलिया, अमेरिका र बेलायतद्वारा परमाणु पनडुब्बीको योजना सार्वजनिक

फाल्गुन ३०, २०७९
अस्ट्रेलिया, अमेरिका र बेलायतद्वारा परमाणु पनडुब्बीको योजना सार्वजनिक

काठमाडौं । अस्ट्रेलिया, अमेरिका र बेलायतले परमाणु पनडुब्बीको योजना सार्वजनिक गरेका छन् ।

एसिया प्रशान्त क्षेत्रमा चीनको सामना गर्न अठार महिनाअघि अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सामरिक सम्झौतापछि यस्तो निर्णय आएको हो । सम्झौताको लक्ष्य हिन्द प्रशान्त क्षेत्र स्वतन्त्र र खुला राख्ने हो ।

संयुक्त वक्तव्यमा सन् २०३० को सुरुमा प्रदान गरिने उक्त पनडुब्बी अस्ट्रेलियाले प्रारम्भिक चरणमा दुईवटा खरिद गर्न सक्नेछ । अमेरिकी नौसेनाको केन्द्र सान डियागोमा भएको पछिल्लो सम्झौताअनुसार एसिया प्रशान्त क्षेत्रमा चीनको सक्रिय उपस्थिति रोक्ने प्रयास हुनेछ ।

सम्झौतामा बौद्धिक क्षमता, उच्च द्रुतगतिको हतियार र अन्य अत्याधुनिक प्रविधिमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।