इन्डोनेसिया भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ३२१ पुग्यो

मंसिर १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
इन्डोनेसिया भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ३२१ पुग्यो

सियान्जुर । इन्डोनेसियाको जाभा टापुमा यस हप्ता गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३२१ पुगेको छ ।

उद्धारकर्ताहरूले आइतबार थप शव फेला पारेको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायले जनाएको छ।

जाभाको सिआन्जुर सहरमा गत सोमबार ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो । मृत्यु हुने अधिकांश भवनहरू भत्किँदा र आसपासमा गएको पहिरोमा परेका थिए ।

प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख सुहार्यान्तोले पछिल्लो समय तीन शव फेला परेसँगै मृत्यु हुनेको संख्या ३२१ पुगेको हो । भुकम्पमा फसेका ११ जना अझै बेपत्ता छन् ।

उद्धारकर्ताहरूले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने बताएका छन् । भूकम्पले ६२ हजारभन्दा बढी घरमा क्षति पुगेको र ७३ हजारभन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ ।

प्रकोप एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले अर्को हप्ता आपतकालीन उद्धारको अवधि १४ दिनभन्दा बढी विस्तार गर्ने कि नगर्ने भनेर निर्णय लिइने बताए ।

सोमबारको भूकम्प सन् २०१८ को भूकम्पपछि द्वीपसमूह राष्ट्रमा सबैभन्दा घातक रहेको जनाइएको छ । सुनामीले सुलावेसी टापुमा चार हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.