निःशुल्क शैय्या प्रावधान कागजमै सीमित : एक हजारमध्ये १० मात्र प्रयोगमा

वैशाख ६, २०८३ |कृपाल गौतम
निःशुल्क शैय्या प्रावधान कागजमै सीमित : एक हजारमध्ये १० मात्र प्रयोगमा

काठमाडौं । अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे विरामीका लागि कुल शैय्याको १० प्रतिशत छुट्याइ नि:शुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने प्रावधानअनुसार देशभरका ६५ वटा अस्पतालले स्वास्थ्य मन्त्रालयको वेबसाइटमा विवरण अद्यावधिक गेरका छन् ।

मन्त्रालयले अहिलेसम्म सार्वजनिक गरेको तथ्याङ्क अनुसार ६५ वटा अस्पतालका कुल ८ हजार ७ सय ४६ शैय्यामध्ये १ हजार ३५ नि:शुल्क शैय्या छन् । जसमध्ये जम्मा १० वटा मात्र प्रयोगमा आएको मन्त्रालयको विवरण छ । 

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७० 'घ' मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे विरामीका लागि कुल शैय्याको १० प्रतिशत शैय्या छुट्याइ नि:शुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने प्रावधान छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।