अस्पतालहरूलाई सेवाअनुकूल व्यवस्था मिलाउन मन्त्रालयकाे आग्रह

चैत्र २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
अस्पतालहरूलाई सेवाअनुकूल व्यवस्था मिलाउन मन्त्रालयकाे आग्रह

काठमाडौं । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिए पनि स्वास्थ्य मन्त्रालयले भने अस्पतालहरूलाई सेवाअनुकूल व्यवस्था मिलाउन आग्रह गरेको छ ।

स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी बनाइराख्न आइतबारको हकमा अस्पतालहरूले कार्यभार र जनशक्ति हेरेर बहिरंग सेवा (ओपीडी) उपलब्ध गराउने व्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको हो । साथै कार्यभारकै कारण स्वास्थ्य कर्मचारीहरूलाई शनिबार र आइतबार बिदा दिन नसकेको अवस्थामा सट्टा बिदा उपलब्ध गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

यस्तै प्रादेशिक अस्पतालहरूमा समेत यसबमोजिम व्यवस्था मिलाउन सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई अनुरोध गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.