१४ विशेषज्ञ चिकित्सक दरबन्दीस्थलमै फिर्ता, दुर्गम सेवामा स्वास्थ्यमन्त्रीकाे जोड (विवरणसहित)

चैत्र १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
१४ विशेषज्ञ चिकित्सक दरबन्दीस्थलमै फिर्ता, दुर्गम सेवामा स्वास्थ्यमन्त्रीकाे जोड (विवरणसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले पहिलो चरणमा १४ जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाउने निर्णय गर्नुभएको छ ।

डडेल्धुरा अस्पताल, नारायणी अस्पताल र गजेन्द्र नारायण अस्पतालको विशेषज्ञ सेवालाई प्रभावकारी बनाउनका लागि चैत १६ गते निर्णय गर्दै दरबन्दी रहेको स्थानमा काज फिर्ता गरिएको हो । लामो समयदेखि शक्तिको आडमा सुगम रोज्ने प्रवृत्तिलाई अन्त्य गर्नका लागि र दुर्गममा समेत विशेषज्ञ उपचार पाउने वातावरण सिर्जना गर्नका लागि यस्तो निर्णय गिरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काज फिर्ता गरिएका स्वास्थ्य सेवा तर्फका अधिकृत नवौं र दशौं तहका कर्मचारीहरूको विवरण यस प्रकार छ :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.