
संखुवासभा । जिल्लाकाे सदरमुकाम खाँदबारीस्थित जिल्ला अस्पतालले पहिलोपटक हेमोडायलाइसिस सेवा सञ्चालन गरेको छ।
शुक्रबार पहिलोपटक खाँदबारी नगरपालिका-९ की बोल्न नसक्ने बिरामी खुसकुमारी श्रेष्ठको डायलाइसिस गरिएको अस्पतालका प्रमुख डा. सन्तोष देवले जानकारी दिनुभयो।
४७ बर्षीया खुसकुमारी श्रेष्ठ विगत डेढ वर्षदेखि विराटनगरस्थित नोबेल अस्पतालमा नियमित डायलाइसिस सेवा लिँदै आउनुभएको थियो। अस्पतालका अनुसार संखुवासभामा १ सय बढी मृगौला रोगी रहेका छन् ।