
धनकुटा । धनकुटामा शिक्षण अस्पताल सञ्चालनका लागि जिल्ला अस्पतालको स्वामित्व हस्तान्तरण गर्ने विषयमा विवाद देखिएको छ ।
कोशी प्रदेश सरकारअन्तर्गत रहेको धनकुटा अस्पतालको स्वामित्व मनमोहन प्राविधिक विश्वविद्यालयलाई दिने विषयमा मत विभाजित भएको हो । विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्नका लागि धनकुटा अस्पताल आफ्नो मातहत हुनुपर्ने अडान राखेको छ ।
साथै, कम्तिमा ३ सय रोपनी जग्गा, ६ देखि ८ अर्ब रूपैयाँ बजेट, र पूर्वाधार विकासका लागि प्रदेश सरकारको लगानी आवश्यक पर्ने प्रस्ताव अघि सारेको छ । मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावप्रति भने स्थानीयस्तरमा असन्तुष्टि देखिएको छ ।