बागलुङको ढोरपाटनमा एक महिनादेखि फैलिएको दादुराको प्रकोप नियन्त्रणको प्रयास

५ हजार ७ सय ६७ जनालाई खोप लगायो
चैत्र ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
बागलुङको ढोरपाटनमा एक महिनादेखि फैलिएको दादुराको प्रकोप नियन्त्रणको प्रयास

बागलुङ । बागलुङको ढोरपाटन क्षेत्रमा एक महिनादेखि फैलिएको दादुराको प्रकोप नियन्त्रणका लागि ५ हजार ७ सय ६७ जनालाई खोप लगाइएको छ ।

फागुन पहिलो सातादेखि दादुरा देखिन थालेपछि नियन्त्रणका लागि १० देखि १९ वर्ष उमेर समूहका किशोर-किशोरीलाई खोप लगाइएको हो । ढोरपाटन नगरपालिकाका ७, ८ र ९ नम्बर वडाका ८३ जनामा दादुरा देखिएको थियो । ६ हजार ७ सय ६३ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा अहिलेसम्म ५ हजार ७ सय ६७ जनालाई लगाइएको छ।

पहिलो पटक फागुन ८ गते ढोरपाटनमा एक जनालाई दादुरा भएको पुष्टि थियो। २० जना अझै अस्पताल भर्ना भई उपचार गराइरहेको जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो। त्यस क्षेत्रमा उपचारमा संलग्न २ सय ३७ जना स्वास्थ्यकर्मीलाई समेत दादुराविरूद्धको खोप लगाइएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.