.png&w=1000&height=550)
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले एमआरआई सेवा सुरू गरेको छ ।
अस्पतालले एक सय १६औं वार्षिक उत्सवको अवसर पारेर शुक्रबार एमआरआई सेवा सुरू गरेको हो । १२ करोड रूपैयाँ लगानीमा एमआरआई मेसिनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभयो ।
प्रदेश सरकारको लगानीमा लुम्बिनी अस्पतालमा एक हजार दुई सय शैयाको अस्पताल निर्माणको काम अघि बढेको छ लुम्बिनी प्रादेशिक अस्पतालमा बहिरंग सेवातर्फ वार्षिक करिब चार लाख बिरामीले सेवा लिने गरेका छन् ।