
जाजरकोट । जाजरकोट जिल्ला अस्पतालमा पछिल्ला तीन महिनादेखि अत्यावश्यक औषधिको अभाव हुँदा उपचारका लागि आउने बिरामीहरू समस्यामा परेका छन्।
५० शैयाको अस्पतालमा सामान्यदेखि जटिल रोगसम्मका बिरामीहरू औषधि नपाएर खाली हात फर्किन बाध्य भएका छन्। अस्पतालमा विशेषगरी श्वासप्रश्वास, मुटु तथा अन्य सामान्य रोगका लागि आवश्यक औषधिहरूको अभाव देखिएको छ। अभावमा रहेका औषधिहरूमा सेरोफ्लो २५० एमसिजी, ट्याइभा १८० एमसिजी, ब्रुफेन, कोडोपार, रोजुभास्टाटिन १० मिलिग्राम तथा परासिटामोल इन्जेक्सनलगायत रहेका छन्।
स्थानीय सेवाग्राहीहरूका अनुसार आर्थिक रूपमा कमजोर बिरामीहरू उपचारबाट वञ्चित हुने जोखिम बढ्दो छ। सरकारी अस्पतालमा निःशुल्क पाउनुपर्ने औषधि बाहिरबाट किन्नुपर्ने अवस्था आउँदा सर्वसाधारणको आर्थिक भार झन् बढेको छ।अस्पताल प्रशासनले आपूर्ति प्रक्रियामा ढिलाइ गर्दा औषधि अभाव भएको हो ।
लामो समयसम्म औषधि अभाव रहँदा जिल्लाको समग्र स्वास्थ्य सेवा नै प्रभावित बनेको छ।