पूर्वी नवलपरासीमा जापानिज ईन्सेफलाइटिस रोगको सक्रमणबाट ६ जनाको मृत्यु

चैत्र २, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वी नवलपरासीमा जापानिज ईन्सेफलाइटिस रोगको सक्रमणबाट ६ जनाको मृत्यु

नवलपरासी । पूर्वी नवलपरासीमा चालु आर्थिक वर्षमा जापानिज ईन्सेफलाइटिस रोगको सक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

१४ जनामा सक्रमण देखिएकोमा ६ जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताउनुभयो । मुलुकभरमा नै पूर्वी नवलपरासीमा सक्रमण बढी भएको भन्दै फागुन २९ गतेदेखि जिल्लाभरि जापानिज ईन्सेफलाइटिसविरूद्धको निःशुल्क खोप अभियान चलाइरहेको छ ।

३५ वर्ष माथिका उमेर समूहका सबैलाई वडामा रहेका आधारभूत स्वास्थ्य कार्यालय र खोप केन्द्र मार्फत धमाधम खोप लगाउने काम भैरहेको छ । जिल्लामा १ लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य रहेकोमा चैत १ गते जिल्लाभरिमा २० हजार जनाले खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । 

जापानिज ईन्सेफलाइटिस इन्फ्लूएन्जा सक्रमण भएको हाँस, चराचुरुङ्गी, संगुर, बुंगुरलाई टोकेको लाम्खुट्टेले मानिसलाई टोकेपछि यो रोग सर्ने चिकित्सकको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.