स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी

चैत्र ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध भएका सेवाग्राहीको नविकरण र नयाँ सेवा लिनेहरूका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने तयारी थालेको छ ।

स्वास्थ्य बीमा बोर्डका अनुसार सरकारी परिचय पत्रका आधारमा स्वास्थ्य बीमामा आबद्ध हुन सकिने प्रावधान भएकाले एउटै व्यक्तिले नागरिकता, सवारी चालक अनुमति पत्रलगायत विभिन्न परिचयपत्रका आधारमा दोहोरो बीमा गरेको भेटिएको तथा विभिन्न व्यक्तिको नागरिकता नम्बर एउटै भएको घटना दोहोरीएकाले राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने तयारी थालेको हो । 

राष्ट्रिय परिचय पत्रका आधारमा बीमामा आबद्ध भएमा विवरण डिजिटलाइज हुने भएकाले बोर्डले पञ्जीकरण विभागसँग सम्झदारीसमेत भएको छ । यसले तथ्यांक एकीकरण, दोहोरो दर्ता नियन्त्रण तथा सेवा प्रवाह प्रभावकारी बनाउन मद्दत पुर्याउने बोर्डको अपेक्षा छ ।

बोर्डका अनुसार अहिलेसम्म स्वास्थ्य बीमामा १ करोड २ लाख नागरिक आबद्ध भए पनि करिब ७० लाख मात्र सक्रिय छन् । अहिले देशभर बीमा सेवा प्रदान गर्ने ५ सय १२ सेवा प्रदायक छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.