मुगुमा भाइरल ज्वरोको प्रकोप : चारसय भन्दा बढी बिरामी

फाल्गुन १५, २०८२ |राजबहादुर शाही
मुगुमा भाइरल ज्वरोको प्रकोप : चारसय भन्दा बढी बिरामी

मुगु । मुगुको खत्याडमा भाइरल ज्वरोको प्रकोप फैलिँदा चारसय जनाभन्दा बढी बिरामी भएका छन् । 

यो गाउँपालिकाको रोकायाबाडा, कार्कीबाडा, दलितबाडा र बेनबाडालगायतका गाउँमा ज्वरोले बालबालिका, महिला, पुरूष ज्येष्ठ नागरिकदेखि सबै प्रभावित बनेका छन्। बिरामीहरूमा ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, हातखुटटा दुख्ने, खाना खान मन नलाग्ने वान्ता हुनेजस्ता रोगका लक्षण देखा परेको छ। 

नखर्जी गाउँमा रहेको स्वास्थ्य संस्थामा जनशक्ति र औषधि दुवै अभाव हुँदा उपचारमा पनि कठिनाइ भएको स्वास्थ्य केन्द्रका इन्चार्ज अमर विकले बताउनुभयो।


Image

राजबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका मुगु संवाददाता हुन् ।