भक्तपुरमा एचपीभी खोप अभियान सुरू

माघ २६, २०८२ |सुन्दर शिल्पकार
भक्तपुरमा एचपीभी खोप अभियान सुरू

भक्तपुर । भक्तपुरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्ध एचपीभी खोप अभियान सुरू भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले सोमबारदेखि जिल्लाका चारवटै नगरपालिकामा निःशुल्क एचपीभी खोप अभियान सुरू गरेको कार्यालयका प्रमुख अञ्जना खड्काले बताउनुभयो । 

गतवर्ष कक्षा ६ देखि १० सम्म अध्ययरत एक लाख ९८ हजार किशोरीहरूलाई एचपीभी खोप दिइएको बताउँदै अबदेखि प्रत्येक वर्ष कक्षा ६ मा अध्ययरत छात्रालाई यो खोप लगाउने व्यवस्था सरकारले गरेको उहाँले बताउनुभयो ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।