धनकुटा कारागारमा रहेका कैदीबन्दीहरूको क्षयरोग र एचआइभी परीक्षण

माघ ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनकुटा कारागारमा रहेका कैदीबन्दीहरूको क्षयरोग र एचआइभी परीक्षण

धनकुटा । धनकुटा कारागारमा रहेका कैदीबन्दीहरूको क्षयरोग र एचआइभी परीक्षण गरिएको छ । 

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले धनकुटा कारागारमा रहेका १ सय ८५ जनाकैदी बन्दीको अत्याधुनिक मेसिनबाट छातीको एक्सरे गरी क्षयरोग परीक्षण गरिएको हो । 

परीक्षणमा १० जना कैदी बन्दीमा क्षयरोगको लक्षण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अधिकृत तुलसीप्रसाद गुरागाईंले जानकारी दिनुभयो । क्षयरोग प्रमाणित भएमा ति कैदिबन्दीको नि:शुल्क उपचार गरिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.