सप्तरीको डाक्नेश्ववरी नगरपालिकामा औषधि वितरण अनियमितताको आरोप

१२ स्वास्थ्यकर्मीको सरूवाप्रति विरोध
पुस २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सप्तरीको डाक्नेश्ववरी नगरपालिकामा औषधि वितरण अनियमितताको आरोप

सप्तरी । सप्तरीको डाक्नेश्ववरी नगरपालिकामा औषधि वितरणमा अनियमितता भइरहेको आरोप कार्यरत स्वास्थ्यकर्मीहरूले नै लगाएका छन् ।

नगरपालिकास्थित स्वास्थ्य शाखाका सहसंयोजक महेश पण्डितले ११ वटै स्वास्थ्यचौकीमा औषधि निकासा नै नगरी औषधि बुझिलिएको भनि भरपाइ गराउन खोजेको र अस्वीकार गर्दा १२ जना स्वास्थ्यकर्मीको आन्तरिक सरूवा गरेको स्वास्थ्यकर्मीहरूको आरोप छ । उनीहरूले मंगलबार पालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलसमक्ष ज्ञापन पत्रसमेत बुझाएका छन् ।

तर, प्रमुख प्रशासकीय अधिकृत मण्डलले स्वास्थ्यकर्मीहरूले लगाएको आरोपको खण्डन गर्दै नियमबमोजिम नै सरूवा भएको दाबी गर्नुभएको छ। आफूहरू निर्वाचनमा खटिनुपर्ने अवस्थामा अधिकृत मण्डल र नगरप्रमुख रामलखन मलाहले षड्यन्त्रपूर्वक गरेको सरुवा खारेज गर्नुपर्ने र औषधि खरिद बिक्रीमा भइरहेको अनियमितता छानबिन गरी कारबाही नबढाए चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी उनीहरूले दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.