सुर्खेत । एक वर्षअघि संघीय सरकारले सातै प्रदेशमा जलनको उपचार गर्ने निर्णय गरेको थियो ।
तर प्रभावकारी समन्वय र दक्ष जनशक्ति अभावका कारण कर्णाली प्रदेशमा चलनको उपभार सम्भव हुन सकेको छैन् । हरेक प्रदेशमा चलनको उपचार गर्ने सरकारी निर्णय कार्यान्वयन गर्नु कर्णाली प्रदेशका लागि चुनौतीपूर्ण बनेको छ । दक्ष जनशक्ति अभावका कारण कर्णालीमा जलनका बिरामीको विशिष्टकृत उपचार चुनौतीपूर्ण बनेको हो ।
संघीय सरकारले प्रदेश अस्पतालमा विशिष्टकृत सेवासहित जलनको उपचार गर्ने निर्णय गरेको थियो । तर कर्णालीमा हालसम्म पनि जलनको प्रभावकारी र विशिष्टकृत सेवा सुरू गर्न सकिएको छैन् । आम नागरिकले भने कर्णालीमा जलनको उपचारका लागि सबै सरोकारवाला निकायले पहल गर्नुपर्ने बताउँछन् ।
कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा ६४ जना र चालू आर्थिक वर्षमा २२ जना जलनका बिरामी प्रदेश अस्पतालमा उपचारका लागि आएका थिए । उपचारमा आएका मध्ये ८ जनालाई काठमाडौं रिफर गरिएको थियो भने बाँकी सामान्य घाइते भएका विरामीले प्रदेश अस्पतालमै उपचार गरिएको थियो ।