सामान्य उपचारका लागिसमेत दूरदराजमा स्वास्थ्य शिविरकै भर

पुस १७, २०८२ |सरिता चलाउने
सामान्य उपचारका लागिसमेत दूरदराजमा स्वास्थ्य शिविरकै भर

सल्यान । सरकारले ग्रामीण समुदायका नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हरेक वर्ष लगानी बढाउँदै आएको छ । स्वास्थ्यचौकी र आधारभूत अस्पतालमार्फत सेवा दिँदै आए पनि दूरदराजका नागरिक सामान्य उपचारका लागिसमेत स्वास्थ्य शिविरकै भरपर्न बाध्य छन् । 

आर्थिक अवस्था कमजोर भएका नागरिकलाई वर्षमा एकचोटि आयोजना हुने निःशुल्क स्वास्थ्य शिविर कुर्नुको विकल्प छैन ।नेपाली सेनाको सिद्धिबक्स गण, सिमखर्क ब्यारेकले सल्यानको कुमाख गाउापालिका-५, तिमिलकााडा नेटामा सञ्चालन गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा एकै दिन ६ सयभन्दा बढी नागरिकले सेवा लिए । आर्थिकरूपमा कमजोर, दुर्गममा बसोबास गर्ने तथा हिाडेर स्वास्थ्य संस्थासम्म पुग्न नसक्नेहरू गाउामै विशेषज्ञ सेवा पाउादा खुसी भए ।

सल्यानका ग्रामीण क्षेत्रका स्वास्थ्य इकाइमा सामान्य उपचार पाइए पनि विशेषज्ञ सेवाका लागि भने स्वास्थ्य शिविर नै कुर्नुपर्ने अवस्था छ । विशेषज्ञ सेवा लिन जिल्ला अस्पताल, दाङ वा नेपालगञ्ज पुग्नुैपर्छ । तर सडक राम्रो नहुादा अस्पतालसम्म पुग्न कठिन छ । यस कारण पनि उपचारका लागि गाउामै सञ्चालन हुने स्वास्थ्य शिविर पर्खिनुपर्ने स्थानीय बताउाछन् । शिविरमा पाठेघरसम्बन्धी समस्या, मुटुरोग, उच्च रक्तचाप तथा श्वासप्रश्वाससम्बन्धी रोगहरू पहिचान गरिएको छ ।

शिविरमा ओपीडी जााच, प्रयोगशाला परीक्षण, अल्ट्रासाउन्ड, दन्त उपचार र स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको छ । दीर्घरोगी, स्त्री तथा प्रसूतीसम्बन्धी समस्या भएका महिलाले बढी लाभ लिएका छन् ।

स्थानीय सरकारले आधारभूत स्वास्थ्य सेवा विस्तार गरे पनि नागरिकहरू अझै विशेषज्ञ उपचारबाट वञ्चित छन । यस अवस्थालाई मध्यनजर गर्दै स्थानीय तहले विभिन्न निकायसाग समन्वय गरी स्वास्थ्य संस्था पुग्न नसक्ने नागरिकका लागि शिविरमार्फत सेवा दिादै आएका छन् ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।