प्रादेशिक अस्पताल भद्रपुरद्वारा एनआईसीयू सेवा सञ्चालन

मंसिर २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रादेशिक अस्पताल भद्रपुरद्वारा एनआईसीयू सेवा सञ्चालन

झापा । प्रादेशिक अस्पताल भद्रपुर झापाले एनआईसीयू सेवा सञ्चालनमा ल्याएको छ । 

जटिल समस्या देखिएका नवजात शिशुलाई सघन उपचार सेवा दिन भन्दै प्रादेशिक अस्पतालले २०७० सालमा एनआईसीयूका उपकरण खरिद गरेको थियो । तर, जनशक्ति अभाव देखाउँदै ती उपकरण गोदाममै थन्क्याइएको थियो । लामो समयसम्म गोदाममै थन्किँदा काम नलाग्ने अवस्थामा पुगेका इन्क्युवेटर, भेन्टिलेटरलगायतका उपकरणहरू मर्मत गरेर बालरोग विभागमा एनआईसीयू वार्ड सञ्चालनमा ल्याइएको प्रादेशिक अस्पताल भद्रपुरका निमित्त मेडिकल सुपरिडेन्टेड, डाक्टर सञ्जयकुमार गुप्ताले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.