
पाल्पा । पाल्पाको तिनाउलाई पूर्ण संस्थागत प्रसूती सेवायुक्त गाउँपालिका घोषणा गरिएको छ ।
६ वटै वडामा सुत्केरी भएका महिलाको तथ्यांक संकलन गरी मापदण्ड पूरा भएपछि यो घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो ।
गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा २ सय ७ जना सुत्केरी भएकामा प्रोटोकल अनुसार चार पटक गर्भजाँच गराउने महिला ९६ प्रतिशत, स्वास्थ्य संस्थामा सुत्केरी भएको संख्या सत प्रतिशत रहेको छ ।