औषधि व्यवसायीहरू आन्दोलनमा

मंसिर २, २०८२ |कान्तिपुर टीभी संवाददाता
औषधि व्यवसायीहरू आन्दोलनमा

काठमाडौं । औषधि व्यवसायीहरूले सरकारविरूद्ध आन्दोलन सुरू गरेका छन् ।

मंगलबार काठमाडौंको बिजुलीबजारस्थित औषधि व्यवस्था विभागको कार्यालयमा पुगेर उनीहरूले संशोधित औषधि ऐनमा राखिएको दण्ड, जरिवाना र संस्था खारेजी सम्बन्धि प्रावधान तत्काल खारेज गर्न माग गर्दै आन्दोलन सुरू गरेका हुन् । संस्थाको नविकरण एक महिना भित्र नगरे स्वतः खारेज हुने लगायतका प्रावधान संविधानको समेत बर्खिलापमा आएकाले आफूहरूले त्यसको खारेजीको माग गर्दै आन्दोलनमा उत्रनुपरेको नेपाल औषधि व्यवसायी संघ, काठमाडौंका महासचिव शुभमान श्रेष्ठले बताउनु भयो । 

उहाँले सो माग आगामी नौ दिनभित्र सम्बोधन नभए आफूहरू कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिनुभयो । औषधि ऐन, २०३५ लाई संशोधन गरेर बनेको ऐनमा एक महिनाभित्र संस्था नविकरण नगरे स्वतः खारेज हुने व्यवस्था गरिएको छ । त्यसप्रति व्यवसायीहरूको आपत्ति छ । 

त्यसैगरी उनीहरूले समयमा नविकरण नभए नविकरण दस्तुर पनि सय प्रतिशतनै तिर्नुपर्ने सो ऐनको प्रावधान पनि मान्य नहुने भन्दै आक्रोश व्यक्त गरेका छन । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.