
दाङ । लुम्बिनी प्रदेशका १२ जिल्लामा कात्तिक १० गतेयता राष्ट्रिय परिचयपत्रबाट नाम दर्ता भएकाहरूको तथ्याङ्कबाहेक ६० हजारभन्दा बढी नयाँ मतदाता नामावलीमा दर्ता भएका छन् ।
थपिने अधिकांश जेन-जी उमेर समूहका मतदाता छन् । उनीहरूले फागुन २१ मा हुने निर्वाचनमा मतदान गर्न आफूहरू उत्साहित भएको बताएका छन् । निर्वाचन कार्यालय पुगेर नाम दर्ता गराउने ६० हजार नयाँ मतदाता नाघेका छन् भने कार्यालय नपुगी घरबाटै राष्ट्रिय परिचय पत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेहर"को संख्या भने अझै एकीन भई नसकेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
कार्तिक १० गते देखl मंसीर ५ गतेसम्म मतदाता नमावलीमा नाम दर्ता गराउने अधिकांश जेन-जी उमेर समूहका रहेका छन् । मतदाता नामावलीमा नाम गर्दा गराउने जेन-जी उमेर समूहका मतदाताले फागुन २१ मा हुने प्रतिनिधी सभा निर्वाचनमा योग्य र सक्षम उम्मेद्वारलाई आफ्नो मत दिन आतुर रहेको बताएका छन् ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार लुम्बिनी प्रदेशका ९ जिल्लाबाट २६ मतदान स्थल थपका लागि निर्वाचन आयोगमा सिफारिस गरिएको छ । मतदानस्थल थपको सिफारिस भएका २६ कायम भई आएमा थप गरिएका २६ र साबिक १ हजार ६ सय ४८ मतदान केन्द्रबाट लुम्बिनी प्रदेशका १२ जिल्लाका झन्डै ३३ लाख ५० हजार मतदाताले फागुन २१ गते हुने प्रतिनिधि सभाको निवाचनमा मतदान गर्नेछन् ।
फागुन २१ मा हुने निर्वाचनका लागि दाङसहित लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा मतदान स्थलहरुको अनुगमन, सुरक्षा समितीका बैठक र राजनीतीक दलहरूसँगको छलफललगायतका अन्य तयारी पनि भैरहेको छ ।