स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर

कार्तिक १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरूस्त र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्रीस्तरीय निर्णयबाट उच्चतहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार परिवार कल्याण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिइसिडी) व्यवस्थापन महाशाखाका प्रमुखको जिम्मेवार हेरफेर भएको छ । मन्त्रिस्तरीय निर्णयबाट परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदनकुमार उपाध्याय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशकमा डा. राधिका थपलिया, व्यवस्थापन महाशाखाको प्रमुखमा केशव पण्डित र इडिइसिडीको निर्देशक पदमा डा. रोशन न्यौपानलाई सरूवा गरिएको छ ।

यसैगरी डा. पवनजङ्ग रायमाझी उपचारात्मक सेवा महाशाखाको निर्देशकमा सरूवा हुनुभएको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिनुभयो ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.