जेन-जी आन्दोलनमा घाइते भएकाहरूले विभिन्न स्वास्थ्य संस्थाहरूबाट उपचार लिइरहेकाे सरकारकाे भनाइ

आश्विन १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनमा घाइते भएकाहरूले विभिन्न स्वास्थ्य संस्थाहरूबाट उपचार लिइरहेकाे सरकारकाे भनाइ

काठमाडाैं । भदौ २३ गतेको जेन-जी आन्दोलन र २४ गतेको तोडफोड तथा आगजनीसहितका घटनाक्रममा दुई हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएको सरकारले जनाएको छ ।

भ्रष्टाचार, बेथितिविरूद्ध जेन-जी पुस्ताले २३ गते आन्दोलन गरेका थिए । उक्त आन्दोलनमा सरकारले निर्मम दमन गरेको थियो । दुई दिनको उक्त घटनाक्रममा ७६ जनाले ज्यान गुमाएका छन् । शुरूवातको समयमा देशभरका ८३ वटा अस्पतालले जेन-जी आन्दोलनका घाइतेहरूको उपचार गरेको सरकारी तथ्यांक छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अहिले पनि देशभरका विभिन्न १० वटा अस्पतालहरूमा जेन-जी घाइतेहरू उपचार भइरहेको बताउनुभयो । घाइते भएकाहरूमध्ये अस्पतालमा पुग्दा पुग्दै वा अस्पतालमा उपचार हुँदा-हुँदै ज्यान गुमाउनेको संख्या ४९ रहेको र हाल १० वटा अस्पतालमा ३८ जना घाइतेहरू उपचाररत रहेको उहाँले बताउनु भयो ।

उहाँले २ हजार २ सय २९ जना डिस्चार्ज भएर घर फर्किसकेका र जेन-जी आन्दोलनमा ९ सय ४७ जना घाइतेहरू बोक्न एम्बुलेन्सको प्रयोग गरिएको जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.