सातै प्रदेशमा अटिजम स्कुल आवश्यक : स्वास्थ्यमन्त्री पौडेल

भाद्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
सातै प्रदेशमा अटिजम स्कुल आवश्यक : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताउनुभएको छ ।

मन्त्रालयमा बुधबार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्राडा दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उहाँले बताउनुभएको हो । 

प्रारम्भिक चरणमा सबै प्रदेशमा एक/एक वटा अटिजम स्कुलको खाँचो औँल्याउनु भयो । मन्त्रालयले यसलाई दीर्घकालिन परियोजना बनाएर काम गर्ने उहाँको भनाइ छ । 

उहाँले काठमाडौंको बुढानिलकण्ठमा भने अटिजम स्कुल बन्न लागेको जानकारी दिनुभयो । बुढालिनकण्ठ-४ मा रहेको जग्गामा भवन बन्ने प्रक्रिया सुरू भइसकेको उहाँले बताउनु भयो । 

अटिजम स्कुल सञ्चालनको लागि चालु आर्थिक वर्षमा ३ करोड रूपैयाँ बजेट छुट्याएको उहाँको भनाइ छ । उहाँले अटिजम स्कुल सञ्चालनको लागि काठमाडाैँ महानगरपालिकाले पनि चासो देखाएकोले समन्वय गरेर अगाडी बढ्ने बताउनु भयो ।

उहाँले नेपालमा हालसम्म कति अटिजम भएका बालबालिका छन् भन्ने यकिन तथ्याङ्क नै नभएको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.