सरकार एक्लैले निःशुल्क स्वास्थ्य, शिक्षा उपलब्ध गराउन सक्दैनः मन्त्री पौडेल

श्रावण २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकार एक्लैले निःशुल्क स्वास्थ्य, शिक्षा उपलब्ध गराउन सक्दैनः मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकार एक्लैले मात्रै निःशुल्क स्वास्थ्य, शिक्षा उपलब्ध गराउन नसक्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षा र स्वास्थ्यमा सामुदायिक योगदान आवश्यक रहेको बताउनु भयो । 

राज्यको लगानी शिक्षा र स्वास्थ्यमा धेरै कम रहेको र धेरै गर्नसक्ने स्थिति पनि नरहेको उहाँले जिकिर गर्नुभयो । योगदान पुर्‍याउन सक्ने नागरिकलाई शिक्षा र स्वास्थ्यमा जोड्न जरूरी रहेको उहाँले बताउनु भयो । 

शहरी क्षेत्रमा जेनतेन नागरिकले शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय ढंगबाट प्राप्त गर्नसक्ने स्थिति बने पनि ग्रामिण क्षेत्रमा भएको विद्यालयमा पढ्नुको विकल्प नरहेको उहाँले बताउनु भयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘शिक्षा र स्वास्थ्यमा सामुदायिक योगदान आवश्यक छ । सरकार मात्रैले निःशुल्क स्वास्थ्य वा निःशुल्क शिक्षा उपलब्ध गराउनसक्ने स्थिति छैन । खासगरी राज्यले आज जति लगानी गरेको छ, त्यो लगानी असाध्यै थोरै छ । राज्यको लगानी धेरै लगानी गर्नसक्ने खालको पनि छैन । योगदान पुर्‍याउन सक्ने नागरिकलाई शिक्षा र स्वास्थ्यमा जोड्न जरूरी छ । यसलाई व्यवस्थित ढंगबाट हामीले अघि बढाउन आवश्यक हुन्छ । शहरी क्षेत्रमा जेनतेन नागरिकले शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय ढंगबाट प्राप्त गर्नसक्ने स्थिति बनेको छ । तर ग्रामिण क्षेत्रमा जस्तो छ, त्यसको विकल्पको स्थिति बनेको छैन ।’

मन्त्री पौडेलले ग्रामिण क्षेत्रलाई मध्यनजर गरी शिक्षालय र स्वास्थ्य संस्थाहरू आफ्नै लगानीमा खोल्न जरूरी रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.