डेंगी रोग नियन्त्रण सम्बन्धी सचेतना अभियान सुरु

श्रावण २१, २०८२ |राजु चौधरी
डेंगी रोग नियन्त्रण सम्बन्धी सचेतना अभियान सुरु

चितवन । भरतपुर महानगरपालिकाले आजदेखि डेंगी रोग नियन्त्रण सम्बन्धी सचेतना एवं लामखुट्टेको लार्भा खोज र नष्ट गरौं अभियान सुरु गरेको छ । आज नारायणगढस्थित पुलचोकबाट औपचारिक रुपमा यो अभियानको सुरुवात गरिएको हो । 

महानगर प्रमुख रेनु दाहालले अभियानको सुरुवात गर्दै डेंगी सार्ने लार्भा नष्ट गर्ने अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । अभियान अन्तरगत पुलचोकबाट सचेतना मुलक ¥याली निकालिएको थियो । 

सो क्रममा स्थानीयहरुलाई पानी जम्न नदिन सचेत गराउँदै जमेको पानीमा भएका लार्भालाई आफै नष्ट गर्न प्रोत्साहन गरिएको थियो । पछिल्लो समय चितवनमा डेंगी संक्रमण देखिन थालेको छ ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।