चीनको पाँच दिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

भाद्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
चीनको पाँच दिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको पाँच दिने भ्रमण पूरा गरी बुधबार स्वदेश फर्कनुभएकाे छ । चीनको थियानजीनमा आयोजित सांघाइ सहयोग संगठन-एससीओको सम्मेलनमा सहभागी भएर ओलीसहितको नेपाली टोली आज स्वदेश फर्ककाे हो ।

प्रधानमन्त्री ओली दोस्रो विश्वयुद्धमा जापान पराजित भएको ८०औं वार्षिकोत्सवका अवसरमा बेइजिङमा बुधबार आयोजित सैन्य परेडमा समेत सहभागी हुनुभएको थियो । 

परेडमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ-उनलगायतका २६ मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी थिए । औपचारिक समारोहपछि प्रधानमन्त्री ओली राष्ट्रपति सीले आयोजना गर्नुभएको दिवा भोजमा समेत सहभागी हुनुभएको थियो ।

चीनमा रहँदा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी र उपराष्ट्रपति हान चङसँग दुई पक्षीय भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्रीले थियानजीनमा एससीओ प्लस सम्मेलनलाई पनि सम्बोधन गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.