मुटुका बिरामीलाई पौने पाँच लाख सहयोग

श्रावण १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
मुटुका बिरामीलाई पौने पाँच लाख सहयोग

काठमाडौं । भोजपुर आम्तेकका एकजना मुटुका बिरामीलाई नेपालसहित दक्षिण कोरिया र बेलायतसहितका देशमा रहेका प्रवासी नेपालीहरूले पौने पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

मुटुको रोगका कारण लामो समयदेखि सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारत भोजपुर नगरपालिका-११ आम्तेकका २६ वर्षीय मौसम राईलाई ४ लाख ७४ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

मौसमको उपचारका लागि मलेसियामा रहेका गंगा राई, कोरियाबाट भविन्द्र राई र केदार राईको सकृयतामा नेपालसहित विभिन्न देशबाट रकम संकलन गरिएको हो । उक्त सहयोग रकम समाजसेवामा सक्रिय केदार राईले मौसमका दाजु मिथुनलाई गंगालाल हृदयरोग केन्द्रमै पुगेर हस्तान्तरण गरेका हुन् ।

मौसमलाई बचाउन केदार राईको संयोजकत्वमा आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.