पर्सा । वीरगञ्जका विभिन्न अस्पतालमा उपचारका लागि पुगेका झाडापखालाका बिरामीमध्ये अहिलेसम्म ९५ जनामा हैजाको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले जनाएको छ ।
सोमबारसम्म ९३ जनामा संक्रमण पुष्टि भएकोमा मङ्गलबार थप दुईजना गरी ९५ जनामा हैजा पुष्टि भएको हो । बिरामीको आरडीटी परीक्षणको आधारमा यस्तो पुष्टि भएको हो ।
सङ्क्रण पुष्टि भएका सबै वीरगञ्ज महानगरपालिका-३, ११, १२, १३ र १६ का बासिन्दा रहेको समितिले जनाएको छ । वीरगञ्जमा झाडापखालाको संक्रमण फैलिएपछि संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग गर्न प्रदेशबाट ८ र केन्द्रबाट ३ चिकित्सकसहित ११ जना चिकित्सक र केही पारामेडिक्स नारायणी अस्पताल पुगेको अस्पतालका प्रवक्ता डाक्टर उदयनारायण सिंह बताउनुभयो ।
सोमबार वीरगञ्ज पुग्नुभएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले झाडापखाला र हैजाका बिरामीको उपचार नि:शुल्क गर्न निर्देशन दिइरहँदा केही बिरामीले बाहिरबाट औषधि किन्नुपरेको गुनासो गरेका थिए । मन्त्री पौडेलको निर्देशनपछि मङ्गलबार भने उपचार सहज भएको भएको छ ।
संक्रमितमा कडा झाडापखाला देखिएपनि उपचारपछि धेरै जना घर फर्किएका छन् भने । मङ्गलबार थप नयाँ बिरामीहरू अस्पताल भर्ना भएको नारायणी अस्पतालका प्रवक्ता डाक्ट्रर सिंहले बताउनुभयाे ।