भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिएपछि सुदूरपश्चिम नाकामा सतर्कता

एक सातामा १८ जनामा संक्रमण पुष्टि
जेष्ठ ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिएपछि सुदूरपश्चिम नाकामा सतर्कता

धनगढी । भारतबाट फर्किने नेपालीमा कोरोना संक्रमण देखिन थालेपछि सुदूरपश्चिमका नाकामा सतर्कता अपनाइएको छ ।

धनगढीको त्रीनगर गौरीफन्टा भन्सार नाकाबाट स्वदेश फर्किएकाहरूमध्ये एक सातामा १८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय भारतमा कोरोना देखिएपछि सीमामा रहेको हेल्थडेस्कमा पछिल्लो ८ दिन यता १ सय ५३ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १८ जनामा संक्रमण पुष्टि भएको हो । 

संक्रमितमध्ये अधिकांश भारतको गुजरातमा काम गरेर फर्किएकाहरू छन् । भारत गएका सयौं नागरिक दैनिक यो नाकाबाट स्वदेश फर्किने गरे पनि सबैको परीक्षण गरिएको छैन् । 

रूघाखोकीको लक्षण देखिएकाहरूको मात्रै परीक्षण गरिएको हो । दैनिकजसो कोरोना पुष्टि भइरहेको भए पनि आवश्यक परिमाणमा परीक्षण किट नहुँदा समस्या भइरहेको छ । संक्रमण पुष्टि भएकाहरू आइसोलेसनमा नबसी सिधैं घर जाने गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.