संखुवासभा । मनसुन सुरू भएसँगै हिमाली जिल्ला संखुवासभामा डेंगी र स्क्रब टाइफस संक्रमितको संख्या बढ्न थालेको छ ।
यससँगै जिल्लामा डेङ्गी र स्क्रब टाइफसको जोखिम पनि उच्च बन्दै गएको छ । जेठमा मात्रै मात्रै जिल्ला अस्पताल संखुवासभामा आएका बिरामीलाई परीक्षण गर्दा १४ जनामा डेङ्गी र ५१ स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ ।
खाँदबारी, तुम्लिङ्टार, चैनपुरका बिरामीमा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख डा. सन्तोष देवले बताउनुभयो । संखुवासभामा अघिल्लो वर्ष मात्रै करिब २ हजारमा डेंगीको संक्रमण देखिएको थियो । यस वर्ष पनि मनसुनको सुरू भएसँगै संक्रमण बढेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।