काठमाडौं । नेपालमै पहिलो पटक लिङ्ग परिवर्तन शल्यक्रिया भएको छ ।
त्रिवि शिक्षणअस्पतालअन्तर्गत प्लाष्टिक सर्जरी विभागद्वारा पहिलोपटक लिङ्ग प्रत्यारोपण शल्यक्रिया गरिएको हो । अस्पतालका अनुसार जनकपुर निवासी २५ वर्षका व्यक्तिमा गरिएको शल्यक्रियामा पुरूषको लिङ्गका तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जनेन्द्रिय अङ्गको पुनर्निर्माण गरिएको हो ।
विदेशी प्लास्टिक सर्जनको नेतृत्वमा गरिएको यो शल्यक्रियामा नेपाली चिकित्सकहरू समेत सहभागी थिए । अबदेखि अस्पतालमै जेन्डर एफिरमिङ क्लिनिक स्थापना गरेर नियमित रूपमा यी सेवा सञ्चालन गर्दै जाने अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
हालसम्म यो अप्रेशन गर्न विदेश जानुपर्ने वाध्यता थियो भने धैरै खर्चिलो पनि हुन्थ्यो । नेपालमै यो सुविधा उपलब्ध भएपछि ट्रान्सजेन्डर समुदायलाई धेरै राहत मिल्ने अस्पतालले जनाएको छ ।