संखुवासभाको सभापोखरीमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा

मंसिर २०, २०८२ |दीपेन्द्र शाक्य
संखुवासभाको सभापोखरीमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा-५ शय्याको अत्याधुनिक आधारभूत अस्पताल शनिबार उद्घाटन गरिएको छ।

नवनिर्मित अस्पतालमा चिकित्सकसहितको दक्ष स्वास्थ्य टोलीले सेवा प्रदान गर्नेछ। असपतालले पोष्टमार्टम सेवा, ल्याब, फार्मेसीलगायतका सेवाहरू उपलब्ध छन्। निकट भविष्यमा एक्स-रे, भिडियो एक्स-रे लगायतका थप प्रविधिमैत्री सेवा विस्तार गरिने अध्यक्ष लिम्बुले बताउनुभयाे।

६ करोड ९७ लाख ८ हजार १ सय ४३ रूपैयाँ ६३ लागतमा बनेको अस्पताल भवनले स्थानीयवासीलाई अब लामो दूरी धाएर उपचार गर्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत बुकु प्रसाद आचार्यका अनुसार, सभापोखरीमा अहिलेसम्म ७ वटा स्वास्थ्य सेवा केन्द्रमार्फत उपचार सेवा दिइँदै आएको थियो। नयाँ अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकाको स्वास्थ्य संरचना थप सबल भएको उहाँको भनाइ छ।

जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य र गाउँपालिका अध्यक्ष भिम सिङ्था लिम्बुले शनिबार अस्पतालको औपचारिक रूपमा उद्घाटन गरे ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।