
हुम्ला । हुम्लामा प्रसूति सेवा सुधार गर्ने उद्देश्यले जिल्ला अस्पताललाई ३५ प्रकारका महत्वपूर्ण स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ।
जिल्लास्थित गैरसरकारी संस्थाहरुले डेलिभरी बेड, अक्सिजन सिलिन्डर, ट्रली, पेरी लाइट, डेलिभरी सेट, ईपिसी सेटलगायतका पैतिस प्रकारका साम्रगी हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले उपकरण हस्तान्तरण गरिएको हो ।
मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण लक्षित यस सहयोगबाट स्थानीय स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।